नियम २८
एकल बिन्दु सेवा केन्द्रको कार्य सञ्चालन प्रक्रिया
(१) एकल बिन्दु सेवा केन्द्रले ऐन तथा यस नियमावली बमोजिमका कार्य तथा सेवा प्रवाह एकीकृत रूपमा गर्नेछ र सो प्रयोजनको लागि केन्द्रले विद्युतीय (अनलाइन) प्रणालीको समेत प्रयोग गर्न सक्नेछ। (२) एकल बिन्दु सेवा केन्द्रका एकभन्दा बढी एकाइहरूमार्फत अन्तर सम्बन्धित सेवा प्रवाह गर्दा: सामूहिक निर्णय प्रणाली अपनाउनु पर्नेछ र सो प्रयोजनको लागि एक एकाइमा भएको सूचना, तथ्याङ्क तथा अभिलेखमा. अर्को एकाइको पहुँच हुनेछ।